पालिका चुनावका लागि ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द हुने

७ बैशाख ।
पालिका चुनावका लागि ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।भारतको मधुवनी जयनगरमा बसेको दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
खुल्ला सीमा नाकाका कारण चुनावका बेला हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सीमा नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी न्यूनीकरणलगायतका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया