गैँडाकोटमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

गैँडाकोट, ८ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गैँडाकोट नगरपालिकाको परिसर भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालयको बिहीबार उद्घाटन गरिएको हो ।
कार्यालयको उद्घाटन पश्चात पत्रकारसंग कुराकानी गर्दै निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले निर्वाचन आयोगको निर्देशनअनुरुप वैशाख ११ गतेबाट काम अगाडि बढाउने उल्लेख गर्नुभयो । उहाँका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, १२ गते मनोनयन पत्रको सुची प्रकाशन गर्ने, १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय दिइनेछ ।
१४ र १५ गते मनोनयन पत्र जाँच तथा निर्णय गर्ने, पुनः १५ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने र ३० गते मतदान गरिने उहाँले बताउनुभयो ।
अधिकृत मुनाकमीले मतदान कार्यलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नका लागि निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ अनुसार प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर काम गरिने बताउनुभयो । उहाँले सबै पक्षको प्रयासबाट मात्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुन सक्ने भन्दै सबैसंग सहयोगको अपेक्षा समेत गर्नुभयो ।
तपाइँको प्रतिक्रिया