गैँडाकोटका मेयर छत्रराज पौडेलले राजीनामा दिने

गैँडाकोट, ८ वैशाख । गैँडाकोट नगरपालिकाको मेयरमा पुनः सहभागिता जनाउन गैँडाकोटका मेयर छत्रराज पौडेलले राजीनामा दिने हुनुभएको छ । पौडलले शुक्रबार एक कार्यक्रमका विच राजीनामा दिने बताउनुभयो ।
नेकपा एमालेबाट गैँडाकोटको मयरमा भने ६ जनाको दावेदारी रहेको छ । जसअनुसार नगर प्रमुख छत्रराज पौडेल, नेकपा एमालेका जिल्ला उपसचिव यमुुनाथ आचार्य, जिल्ला सदस्य रामुकान्त अर्याल, गोपाल गौतम, नगर अध्यक्ष षडानन्द लामिछाने, र नगर उपसचिव श्रीराम सुवेदीले रहेका छन् ।
यद्यपी मेयर र उपमेयरको टुगो भने नेकपा एमाले गण्डकी प्रदेश कमिटीले लगाउने भएको छ ।
तपाइँको प्रतिक्रिया