दुई दिन उम्मेदवारी मनोनयनको व्यवस्था राख्नु षड्यन्त्र : माधव नेपाल

काठमाडौं, १० वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा विभिन्न जिल्लाको रिपोर्ट सुन्दा सहज हुने स्थिती नदेखिएको बताएका छन् ।
शनिवार नेकपा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले महानगर र उपमहानगरपालिकाको भागबण्डाले गठबन्धनमा राम्रो सन्देश दिए पनि जिल्ला तहको रिपोर्ट त्यती सजह नरहेको बताएका हुन् ।
नेपालले दुई दिन उम्मेदवारी दर्ताको व्यवस्था विद्रोही उम्मेदवार उठाउनका लागि राखिएको दाबी गरेका छन्। ’११ गते मनोनयन हेरेर १२ गते विद्रोही खडा गर्ने केपी ओलीले तिकडम गर्न खोजेको हुनसक्छ। तर ओलीका तिकडमलाई हामी पछार्छौँ।’ नेपालले भने ।
तपाइँको प्रतिक्रिया