गैँडाकोट ११ मा नेकपा एमालेको निर्वाचन परिचालन कार्यालयको उद्घाटन

गैँडाकोट, १० बैशाख ।
नेकपा एमाले गैँडाकोट ११ वडा कमिटिले शनिबार निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरेको छ । स्थानिय तहको चुनाब प्रचार प्रसार गर्ने उदेश्य सहित निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरिएको कमिटि अध्यक्ष गुरु प्रसाद पौडेलले जानकारी दिनु भयो । यस्तै सोहि कार्यक्रममा २ सय ५१ सदस्यीय प्रचार प्रसार कमिटि पनि गठन गरिएको पौडेलले बताउनु भयो । कमिटिमा वडाका सदस्य, युवा संघका वडा कमिटि सदस्य, अनेम संघ वडा कमिटि सदस्य लगाएतबाट प्रचार प्रसार कमिटिमा सदस्यहरु चुनिएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज रबिन्द्र अधिकारीले देश एमालेमय भएको बताउनु भयो । अधिकारीले २०७९ को स्थानिय चुनावमा नेकपा एमाले पहिलो पाटी बन्ने दावी पनि गर्नु भयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा जिल्ला सह सचिव यमुनाथ आचार्य, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा गैँडाकोट इन्चार्ज एवम् निवर्तमान गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेल, स्थानिय विकास समन्वय विभाग सदस्य तथा निवर्तमान वडाध्यक्ष गोविन्द प्रसाद सुवेदी लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेकपा एमाले अनेम संघ गैँडाकोट कमिटि सदस्य ताराअधिकारीले राख्नु भएको कार्यक्रमको सञ्चालन जिल्ला सल्लाहकार परिषद सदस्य रामचन्द्र धितालले गर्नु भएको थियो । एमाले जिल्ला सदिस्य तथा वडा नं ११ का वडा इन्चार्ज कौशिल्या पौडेल धिताल, जिल्ला सल्लाहकार परिषद सदस्य माधव प्रसाद कोइराला, खिमा शर्मा न्युरे, नगर कमिटि सचिवालय सदस्य पुन्यप्रसाद पौडेल लगाएतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया