भरतपुर महानगरको मेयरमा कांग्रेसबाट पूर्वसांसद पौडेलद्धारा उम्मेदवारी घोषणा

चितवन, ११ वैशाख ।
भरतपुर महानगरमा कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले मेयरको बागी उम्मेदवारको रुपमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस पार्टी कार्यालयमा उनले आज उम्मेदवारीको घोषणा गरेका हुन् ।भरतपुर महानगरपालिका–७ का पौडेल पूर्वसांसद तथा भरतपुरको पूर्व उपमेयरसमेत हुन् ।
भरतपुरको मेयरमा सत्ता गठबन्धनले माओवादीकी रेनु दाहाललाई उम्मेदवार बनाउने भएसँगै चितवन कांग्रेसमा असन्तुष्टि चुलिएको थियो । उम्मेदवारी घोषणा कार्यक्रममा कांगेसका जिल्ला नेताहरुकृष्णलाल सापकोटा, मिना खरेल र शम्भु अर्याललगायतको सहभागिता रहेको थियो ।पौडेलले भोलि मनोनयन दर्ता गर्ने तयारी गरिरहेका छन् ।
तपाइँको प्रतिक्रिया