एमालेबाट कावासोतीको मेयरमा भुसाल र उपमेयरमा महतोले उम्मेदवारी दिने

नवलपुर, ११ बैशाख ।
नवलपुरको कावासोतीमा नेकपा एमालेबाट नगर प्रमुखमा विष्णु भुसालले उमेदवारी दिने भएका छन् । एमाले स्रोतका अनुसार कावासोतीमा एमालेले नगर प्रमुखमा विष्णु भुसाल र नगर उपप्रमुखममा फूलकुमारी महतोलाई उमेदवारको रुपमा अघि सारेको छ ।एमालेले यस अघि मध्यविन्दुबाट नगर प्रमुखमा भिमलाल अधिकारी, हुप्सेकोट गाउँपालिका अध्यक्षमा चेतन राना, बौदीकाली गाउँपालिका अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षमा डिलकुमारी सारुले उम्मेदवारको रुपमा अगाडि सारेको छ ।
यता गैडाकोट नगरपालिकाबाट छत्रराज पौडेललाई उमेदवारको रुपमा उठाउने निर्णय भैसकेको छ । एमालेले गैडाकोट र कावासोतीमा सोमबार मात्र मनोनयन दर्ता गर्ने जनाएको छ ।
तपाइँको प्रतिक्रिया