गैँडाकोट नगरपालिकाबाट मेयर र उपमेयर पदमा १२ जनाको उम्मेदवारी दर्ता

गैँडाकोट, १२ बैशाख ।
स्थानिय तहको निर्वाचनमा गैँडाकोट नगरपालिकाबाट मेयर र उपमेयर पदमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । मेयर पदमा ५ जना र उपमेयर पदमा ७ जना गरि १२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले जानकारी दिनुभयो । नेकपा एमालेबाट छत्रराज पौडेल, नेपाली कांग्रेसबाट मदनभक्त अधिकारी, जनता समाजवादी पार्टीबाट भवानी शंकर सापकोटा, राष्ट्रिय जनमुक्ती पार्टीबाट केयरसंह राना मगर र मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट विष्णुमान विकले मेयर पदमा उम्मेदवार मनोनयन दर्ता गराउनुभएको हो ।
यस्तै उपमेयर पदमा नेपाली कांगे्रसबाट शान्ति कोइराला, जनता समाजवादी पार्टीबाट मधु गुरुङ, नेकपा एकिकृत समाजवादीबाट टिकाराम पौडेल, नेकपा माओवादी केन्द्रबाट दुर्गादत्त ढुंगाना, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट देउमाया थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तुलाराम पौडेल र स्वतन्त्र उम्मेदवारबाट श्यामसुन्दर भुषालले मनोनयन दर्ता गराउनुभएको अधिकृत मुनाकमीले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया