चितवनमा २ हजार २५० जनाको मनोनयन दर्ता

चितवन, १३ वैशाख । स्थानिय तहको निर्वाचनको लागि चितवनमा २ हजार २५० जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको दुई दिनको अवधिमा चितवनको सातवटा पालिकाबाट कुल २ हजार २५० जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
मनोनयन गर्नेमा नगरपालिका प्रमुखमा ७४ जना, उपप्रमुखमा ४५ जना, गाँउपालिका अध्यक्षमा ५ जना, उपाध्यक्षमा २ जना र वडाध्यक्षमा ५ सय १ जना रहेका छन् । यसैगरी महिला सदस्यमा ४ सय १४ जना, दलित महिला सदस्यमा ३ सय ५१ जना र सदस्यमा ८ सय ५८ जनाले उम्मेदवार मनोनयन दर्ता गरेका हुन् ।
चितवनमा भरतपुर महानगरपालिका, इच्छाकामना गाँउपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिका छन् ।
तपाइँको प्रतिक्रिया