हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाण्डौ, १४ बैशाख ।
आगामि जेष्ठ १ गते देखि हप्तामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले बुधबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पछि कार्यालयहरु दुई दिन बन्द हुने भएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
निर्णयअनुसार अब शनिबार र आइतबार दुई दिन बिदा हुनेछ। अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन्।पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।
तपाइँको प्रतिक्रिया