गैँडाकोटमा ३९ जनाले लिए उम्मेदवारी फिर्ता(नामावलीसहित)

गैँडाकोट, १६ वैशाख । स्थानीय तह निर्वाचनमा गैँडाकोटबाट विभिन्न पदमा उम्मेदवारी दिएका ३९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय गैँडाकोटले दिएको जानकारी अनुसार मेयर, वडाध्यक्ष र महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका ३९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
वैशाख ११ र १२ गते भएको उम्मेदवार मनोनयन दर्तामा गैँडाकोट नगरपालिकाबाट २९१ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । तीमध्ये ३९ जनाले उम्मेदवारी फिर्ता लिएपछि अब गैँडाकोटमा २५२ जनाको उम्मेदवारी कायम रहेको छ ।
तपाइँको प्रतिक्रिया