निर्वाचनलाई भयरहित बनाउन सञ्चारकर्मीको भूमिका महत्वपुर्ण

गैँडाकोट, १८ वैशाख । डिजिटल राइटस् नेपालका अध्यक्ष एवं अभिवक्ता सन्तोष सिग्देलले निर्वाचनलाई भयरहित बनाउन सञ्चारकर्मीले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । आइतबार विजय विकास स्रोत केन्द्रको आयोजनामा नवलपुरका सञ्चारकर्मीलाई प्रदान गरिएको एक दिने अभिमुखिकरण तालिममा अध्यक्ष सिग्देलले यस्तो बताउनुभएको हो ।
तालिममा सिग्देलले निर्वाचनको समयमा मिडियाको भुमिका कस्तो हुनुपर्छ, पत्रकार र सञ्चारमाध्यमको कर्तव्य कस्ता हुन्छन्, पत्रकार र सञ्चारमाध्यमले रिर्पोटिङमा कस्ता विषयबस्तु समावेश गर्न हुँदैन, उजुरी र कारवाही सम्वन्धी भएका व्यवस्था लगायतका विषयमा जानकारी गराउँनुभएको थियो । पत्रकारले समाचार सम्प्रेषण गर्दा एउटा पक्षमा मात्र नभई सबै पक्षको हुनुपर्ने सिग्देलको भनाई थियो ।
कार्यक्रमका अध्यक्ष, विजय विकास स्रोत केन्द्रका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले स्वतन्त्र निर्वाचन गराउन पत्रकारले खबरदारी गर्दै कलम चलाउनुपर्ने बताउनुभयो ।
विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. का अध्यक्ष, सेयरकाष्ट ईनिसियटिभका कार्यक्रम निर्देशक भूमिराज चापागाईं, नेपाल पत्रकार महासंघ नवलपुरका जिल्ला सह सचिव श्रीधर उपाध्याय लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण विजय एफएमका सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्रीले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया