भरतपुर महानगरको मतपत्रमा मेयरसहित सबै सात पदमा रुख चिन्ह छापिने

काठमाडौं, १८ वैशाख ।
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरको मतपत्रमा मेयर पदका लागि रुख चिन्ह छापिने भएको छ ।कांग्रेस पार्टीबाट रुख चिन्ह बाहक आधिकारिक उम्मेदवार नभए पनि मतपत्रमा रुख चिन्ह भने छापिने निर्वाचन आयोगले जनाएको हो ।
राजनीतिक दलले एउटा पदमा उम्मेदवारी दिए पनि सात वटैमा चुनाव चिन्ह रहने भएको छ ।निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा मतपत्र छपाइ सुरु गरेको छ ।
तपाइँको प्रतिक्रिया