हुप्सेकोट गाउँपालिका अध्यक्ष उम्मेदवार पाण्डेमाथि आक्रमण, गाडी क्षतिग्रस्त

नवलपुर, २१ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदकी उम्मेदवार लक्ष्मीदेवी पाण्डेमाथि आक्रमण भएको छ ।
हुप्सेकोट वडा नम्बर ४ स्थित झ्यालबासको चुनावी कार्यक्रम सकेर निवास फर्कदै गर्दा मंगलबार राती १० बजे अध्यक्ष पाण्डे चढेको ग ३ च १६०६ नम्बरको स्कारपियो गाडीमा ढुङ्गा प्रहार गरिएको पाण्डेले बताईन । आक्रमणको डरले निवास जान नसक्ने अवस्था देखेपछी स्थानिय कार्यकर्ता मीन बहादुर कुमालको घरमा शरण लिन जाँदा त्यहाँपनि आक्रमण गरिएको पाण्डेको भनाई थियो ।
“म कार्यक्रम सकेर फर्कदै थिए निरन्तर ढुङ्गा प्रहार गरियो । निवास जान नसक्ने अवस्था भए पछि स्थानीय कार्यकर्ताको घरमा शरण लिन पुगे, त्यहाँ पनि निरन्तर आक्रमणको सिकार भईरहें ।” पाण्डे भन्छिन, “हार मानसिकताका कारण आक्रमण गरियो ।”
तपाइँको प्रतिक्रिया