त्रिभुवन विमानस्थलमा बम राखेको आशंका

काठमाडौं, २१ वैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखिएको आशंका गरिएको छ । विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर अपरिचति व्यक्तिबाट फोन आएपछि सतर्कता अपनाइएको हो ।
विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार अज्ञात व्यक्तिले विमानस्थलका ड्युटी अफिसरलाई बम राखिएको भन्दै फोन आएपछि खोजी सुरु गरिएको छ । अहिले विमानस्थलमा तालिमप्राप्त कुकुरसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा पुगिसकेको छ ।
हाल आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । आन्तरिक उडान पनि बन्द भएको छ । अन्तर्राष्ट्रिय उडान भने भइरहेको छ।
तपाइँको प्रतिक्रिया