त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु

काठमाडौं, २१ वैशाख । त्रिभुवन विमानस्थलमा कुनैपनि शंकास्पद वस्तु भेटिएको छैन । शंकास्पद वस्तु राखिएको हल्लापछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारु भएको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरका अनुसार खोजतलासका क्रममा कतै पनि शंकास्पद वस्तु (बम) फेला परेन ।
बिहान १० बजेतिर विमानस्थलको एउटा ल्यान्डलाइन फोनमा फोन गरेर अपरिचति मानिसले आफू मुस्लिम समुदायको मान्छे भन्दै विमानस्थल परिसरमा बम राखेको र डिस्पोज गर्न चुनौती दिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया