विप्लव र प्रकाण्ड पार्टीबाट निश्कासित, धर्मेन्द्र बास्तोला संयोजक

चितवन, २२ बैशाख ।
अन्ततः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेको छ ।चितवनको खैरहनीमा जारी विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई कारवाही गर्दै हटाएको छ । साथै विप्लवलाई पार्टीबाट नै निश्कासन गर्ने निर्णय गरिएको प्रचारप्रसार समितिका सदस्य ध्रुव खड्काले जानकारी दिए ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई समेत जिम्मेवारीबाट हटाइएको उनले जानकारी दिए । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । भेला २३ गतेसम्म चल्ने छ । पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै विप्लवले १४ वैशाखमा दुई नेतालाई पार्टीबाटै निस्कासन गरेपछि विभाजन लगभग निश्चित नै भइसकेको थियो ।
तपाइँको प्रतिक्रिया