प्रधानमन्त्री देउवामाथि कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी

चितवन, २१ बैशाख ।
निर्वाचन आचारसंहिता विपरीत प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर महानगरपालिकाको चुनावी आमसभामा सहभागी हुने र उम्मेदवारलाई दबाब दिने उद्देश्यले चितवन आइरहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।अधिवक्ता सुनिता अधिकारीले निर्वाचन अधिकृत समक्ष देउवामाथि कारबाहीको माग गर्दै उजुरी दिएकी हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले आचारसंहिता उल्लंघनको सन्दर्भमा उजुरी दिएको अधिकारीले बताइन् ।उनले निर्वाचन आचारसंहिताको दफा ५ ले निर्वाचनमा आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न नपाउने व्यवस्था छ ।
तपाइँको प्रतिक्रिया