नारायणी नदीमा डुबेर एक युवा बेपत्ता

नवलपुर, २२ वैशाख। नारायणी नदीमा डुबेर नवलपूरका एक युवा बेपत्ता भएका छन् । कावासोती नगरपालिका १३ पिठौली बस्ने २५ वर्षिय प्रकाश भुषाल बुधबार मलामी गएका बेला नारायणी नदीमा बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मलामी गएका उनी नारायणीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया