अमेरिकाकाे क्यालिफोर्नियामा गोली चल्दा २ जनाको मृत्यु

काठमाडौं, २२ वैशाख । अमेरिकाको बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक गोली चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्थानीय समय अनुसार बिहान २ः१५ बजे (०९१५ जिएमटी) रिभरसाइड सहरको पियर्स स्ट्रिटको ११००० ब्लकमा रक्तपात भएको बताइएको छ।
घटनाबारे अनुसन्धान जारी छ। एजेन्सी
तपाइँको प्रतिक्रिया