चालक अनुमति पत्रमा नयाँ प्रणाली, १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

काठमाडौँ, २३ वैशाख ।
चालक अनुमति पत्रका लागि नयाँ प्रणाली लागु हुने भएको छ । आगामी जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको हो । नयाँ प्रणाली अनुसार अब आवेदन दिएको १५ दिन भित्रै पालो आउने छ ।
यातायात व्यवस्था विभागको अनुसार आवेदन दिएको १५ दिनभित्र लाइसेन्स ट्रायलको पालो आउने नयाँ प्रणालीमा उल्लेख गरिएको छ । यो वैशाखभित्र सन् २०२४ सम्म पालो परेका सबै आवेदनको परीक्षा सकाएर नयाँ खुलाउने तयारी गरिएको विभागका महानिर्देशक घिमिरेले बताए ।
तपाइँको प्रतिक्रिया