स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा हुने

काठमाडौँ, २३ वैशाख।
अब देखि स्वास्थ्य संस्था (अस्पताल) मा काम गर्ने कार्मचारी, चिकित्सकहरुले पनि सातामा दुई दिन विदा पाउने भएका छन् । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरे संगै स्वास्थ्य संस्था (अस्पताल) मा पनि विदा दिने तयारी गरिएको हो ।
स्वास्थ्य मन्त्रालयका डा रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराउनुभयो ।
अस्पतालमा दुई दिन बिदा दिँदा खुलेको दिन बिरामीको उपचार गराउन भीड हुने सम्भावना रहेको छ । सचिव डा पोखरेलले आकस्मिक सेवालाई भने व्यवस्थित बनाइने बताउनुभयो । सरकारी कार्यालय जेठबाट विहान ९ः३० बजेदेखि बेलुका ५ः३० बजेसम्म सञ्चालन हुनेछ ।
तपाइँको प्रतिक्रिया