एमाले गैँडाकोटले पार्टीको मर्यादा विपरीत काम गरेका ६ जनालाई कारबाही गर्ने (पत्रसहित)

गैँडाकोट, २४ वैशाख । नेकपा एमाले गैँडाकोटले पार्टीको निर्णय विरुद्ध काम गर्ने ६ जनालाई कारबाही गर्ने भएको छ । स्थानिय तह निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवार दिने सन्दर्भमा चित्त नबुझेका केहि व्यक्तिले पार्टी परित्याग गरि विभिन्न पदमा वागी उम्मेदवार दर्ता गरेका थिए । उम्मेदवार दर्ता गराउँने र उनीलाई समर्थन गर्ने ६ जनालार्ई एमाले नगर कमिटीले कारबाहीको लागि सिफारिस गरेको हो ।
नगर कमिटीले शनिवार जिल्ला कमिटीलाई एक पत्र लेखि स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पार्टी निर्णय विपरित काम गर्ने, विपक्षीसँग साठगाँठ गर्ने तथा स्वतन्त्र रुपमा उमेदवारी दिएको भन्दै ६जनालाई कारबाहीका लागि सिफारिस गरेको छ ।
पत्रमा जिल्ला कमिटी सदस्य रामुकान्त अर्याल, लाल बहादुर थापा, जिल्ला लेखा आयोगका सदस्य होम बहादुर गुरुगं, नगर कमिटी सदस्य रुद्र प्रसाद अधिकारी, मेघराज सुवेदी, र नगर सल्लाहकार सदस्य प्रेम प्रसाद पाठकलाई कारबाहीको लागि जिल्ला कमिटीमा सिफारिस गरेको हो ।
एमालेका नगर सचिव जगन्नाथ पौडेलको हस्ताक्षर रहेको पत्रमा उनीहरुको साधारण सदस्य समेत नरहने गरि कारबाही गर्न भनिएको छ ।
तपाइँको प्रतिक्रिया