सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं, २५ वैशाख । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर आइतबार ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको भाउ तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । शुक्रबार तोलामा एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँले बढेर १ हजार २८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया