दक्षिण कोरियामा एकै दिन थपिए ४० हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं, २५ वैशाख । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो।
तर, त्यहाँ एकै दिन पहिले ४ लाखसम्म नागरिकमा कोरोना संक्रमण देखिने गरेकोमा पछिल्ला दिनहरुमा घटेको थियो। तर पछिल्ला केही दिनमा भने पुनः बढ्न थालेको बताइएको छ।
दक्षिण कोरियामा संक्रमितको संख्या बढ्दै गएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूका अनुसार अहिलेसम्म १ करोड ७५ लाख भन्दा पनि बढी संक्रमित भइसकेका छन्।
अघिल्लो दिन यहाँ ३७ हजार जनामा संक्रमण देखिएकामा २४ घन्टायता आएर त्यसमा केही वृद्धि भएको बताइएको हो। तर संक्रमितमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेका व्यक्ति भने थोरै छन्। यहाँ मृत्युदर पनि कम रहेको बताइएको छ।
हालसम्म कोरियामा कोरोनाबाट २३ हजार ३ सय ६० जनाको ज्यान गइसकेको छ। संक्रमितहरूमा मृत्युदर भने न्यून रहेको अधिकारीहरूले जनाएका छन्।
तपाइँको प्रतिक्रिया