चितवनमा एक युवाको छुरा हानी हत्या, हत्यारालाई कडा कारबाही गर्न चितवन कांग्रेसको माग

चितवन, २६ वैशाख । भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित नगर प्लटिङ क्षेत्रमा आइतबार राति अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ का अनिल परियारको मृत्यु भएको छ ।
मृतक परियार नेपाली कांग्रेस चितवन प्रदेश क्षेत्र नं.२ (ख) बाट निर्वाचित प्रदेश प्रतिनिधि समेत थिए । उनको शव अहिले चितवन मेडिकल कलेज शवगृहमा रहेको छ ।
सो घटना प्रति कांग्रेस चितवनले ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको प्रचारप्रसारको सिलसिलामा खटिरहेका एक युवा व्यक्तित्व माथी सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरि निर्मम तरिकाले हत्या भएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध एवम् मर्माहित तुल्याएको बताएका छन्।
हत्याको विरोधमा चितवनको भरतपुरस्थित चौविसकोठीलगायत क्षेत्रमा एक घण्टा चक्काजाम गरिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत भरतपुरस्थित चौविसकोठी, सिएमसी गेट र क्याम्पस गेट अगाडि एक घण्टा चक्काजाम गरिएको हो । हत्याको विरोधमा स्वतस्फूर्त रुपमा निश्किएका युवाहरुले चक्का जाम गरेका हुन् ।
तपाइँको प्रतिक्रिया