गैँडाकोटमा नमुना मतदान : कुल ६६ मत खसेकोमा ४ बदर

गैँडाकोट, २६ वैशाख । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ को लागि गैैँडाकोटमा नमूना मतदान अभ्यास गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय गैँडाकोटले नगरपालिका परिसरमा नमूना मतदान अभ्यास गराएको हो ।
मतदान कार्यक्रममा निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवार र प्रतिनिधिको सहभागिता रहेको थियो । नमूना मतदान अभ्यासमा विशेष गरेर उम्मेदवारले मतदाता समक्ष कस्तो मतदाता शिक्षा प्रदान गरेका छन्, उम्मेदवार आफै मतदानप्रति कत्तिको सजक छन् ? त्यसको लेखाजोखा गर्न र मतदाताले आफ्नो मताधिकार सुरक्षित र सावधानी तरिकाले गर्न सकुन् भन्ने उद्देश्यले नमुना मतदानको अभ्यास गराइएको निर्वाचन अधिकृत दिपशिखा मुनाकमीले जानकारी दिनुभयो । मुनाकमीले यसप्रकारको नमुना मतदानको क्रियाकलापले मतदाता समक्ष सकरात्मक सन्देश जाने विश्वास व्यक्त गर्नभएको थियो ।
नमुना अभ्यासमा ६६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार ५० जना पुरूष र १६ जना महिला गरी कूल ६६ मत खसेकोमा ६२ सदर मत रहेको छ भने बदर मतको संख्या ४ रहेको छ । मत बदर हुनेमा मतदान अधिकृतको दस्तखत नभएको, एउटा कोलुममा एउटा छाप लगाउनु पर्नेमा दुई/तिनवटा छाप लगाइएको, चिह्नको कोठाभन्दा बाहिर छाप लगाइएकोे र दुईवटा चिह्नको विचमा छाप लगाइएको भटिएको अधिकृतको कार्यालय जानकारी दिएको छ ।
नमुना मतदान कार्यक्रममा निर्वाचन अधिकृतको कार्यालयमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको थियो।
तपाइँको प्रतिक्रिया