नवलपुर कोरोना अपडेट : एकैदिन ३१ जना संक्रमित थपिए

गैँडाकोट, ४ माघ । नवलपुरमा मंगलबार ३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५३ जनामा परिक्षण गर्दा ३१ जना संक्रमित थपिएका हुन् ।
मंगलबार थपिनेहरुमा कावासोती नगरपालिकामा १८ जना, विनयी त्रिवेणी गाँउपालिकामा ८ जना, देवचुली नगरपालिकामा २ जना, मध्यविन्दु नगरपालिकामा १ जना, हुप्सेकोट गाँउपालिकामा १ जना र अन्य १ जना गरि ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
तपाइँको प्रतिक्रिया