गैँडाकोट ५ मा ९ सय मत गणना, वडाध्यक्षमा १ सय ९० को मतान्तर

हिमा अर्याल, गैँडाकोट ।
गैंडाकोट ५ को मतगणना जारी छ । अहिले सम्म ९ सय मत गणना हुदा नेपाली काग्रेसले ५ सय २८ मत प्राप्त गरेको छ भने नेकपा एमालेले २ सय ५० मत प्राप्त गरेको छ । यस्तै उपमेयरमा काँग्रेसले ६ सय २ मत प्राप्त गरेको छ भने राप्रपाले १ सय ७८ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार रत्नप्रसाद सापकोटाले ५ सय ६ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेका उम्मेद्वार नवराज कंडेलले ३ सय १६ मत प्राप्त गर्नु भएको छ । वडाध्यक्ष विच १ सय ९० मतान्तर रहेको छ ।
तपाइँको प्रतिक्रिया