सुनको मुल्यमा सामान्य वृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं, २९ वैशाख । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ बिहीबार तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । बुधबार तोलामा एक हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैयाँले बढेर एक हजार २५० मूल्य कायम भएको महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया