नवलपरासीका १० स्थानमा राति ८ बजेसम्म मतदान हुने

परासी, ३० वैशाख ।
पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० वटा मतदानस्थलमा राति ८ बजेसम्म मतदान जारी रहने भएको छ । पानी परेका कारण केही मतदानस्थलमा मतदान कार्य ढिलो भएको हो । मत गणना राति १० बजेबाट सुरु गर्ने गरी तयारी छ ।
सुनवलको अमर ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रका अधिकृत अचानक बेहोस भएपछि त्यहाँ मतदान ढिला सुरु भएको थियो ।ढिला भएका सबै स्थानमा अहिले मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।
मतदान ढिला हुने पालिकाका केही स्थलमा बर्दघाट र सुनवल नगरपालिका तथा प्रतापपुर र सुस्ता गाउँपालिकाका छन् । अन्य पालिकाको मतदान कार्य सकिएको र सम्बन्धित पालिकामा मत पेटिका पु¥याउने काम भइरहेको छ ।
तपाइँको प्रतिक्रिया