चितवनको माडीमा मतगणना स्थगित, राप्रपाद्धारा मतपरिणाम अस्वीकार

चितवन, १ जेठ ।
चितवनको माडीमा मतगणना स्थगित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माडी २ को मतगणनामा धाँधली भएको भन्दै विरोध गरेपछि गणना तत्कालका लागि स्थगित भएको हो । वडा नम्वर २ को मत गणनामा धाँधली भएको भन्दै राप्रपाले विरोध जनाएको छ । ८२ मत अन्तरले विजयी भएको भन्दै माओवादी केन्द्रले विजयी जुलुस निकाल्ने तयारी गरिरहेका वेला राप्रपाले पुनः मतगणना हुनुपर्नै माग राख्दै विरोध गरेको छ ।
राप्रपाका वडाअध्यक्षका उम्मेदवार विजय कुमार गुरुङले मतपेटिका शिलबन्दी नगरिएको भेटिएको र आफुहरुले मतदान गरेको मत नम्वरहरु समेत गायव पारिएको दाबी गर्नुभयो । उहाँले पुनः मत गणना नभएसम्म आफुहरुले परिणाम स्वीकार नगर्ने बताउनुभयो ।
तपाइँको प्रतिक्रिया