भरतपुरमा गठबन्धनकी रेनुको अग्रता कायमै

भरतपुर, ३ जेठ । भरतपुर महानगरपालिकामा गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै छ । उनले ५९४७ मत ल्याउँदा राप्रपासँग गठबन्धन भएको नेकपा एमालेका विजय सुवेदीको ५८८८ मत रहेको छ ।
अहिलेसम्म १७ हजार ८४६ मत गनिसकिएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २९०५ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ७२५७ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङ ४८२२ मत ल्याएर पछ्याइरहेकी छन् ।
तपाइँको प्रतिक्रिया