गैँडाकोट १३ मा एमालेको अग्रता

गैँडाकोट, ३ जेठ ।
गैँडाकोट नगरपालिका वडा नम्वर १३ मा नेकपा एमालले अग्रता हासिल गरेको छ । कुल १५३० मत गणना हुँदा मेयर पदमा नेकपा एमालेका छत्रराज पौडेलले ७७७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार मदनभक्त अधिकारीले ५०३ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयर पदमा राप्रपाका तुलाराम पौडेलले ६८६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शान्ति कोइरालाले ४५८ मत प्राप्त गरेकी छन् ।
यसैगरी वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार मधुकर मल्लले ५२८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेपाली कांग्रसबाट उम्मेदवारी दिएका वुद्धि प्रसाद न्युरेले ४७४ मत प्राप्त गरेका छन् ।
तपाइँको प्रतिक्रिया