भरतपुरको मेयरमा रेनु दाहाल ११९ मतले अगाडि

चितवन, ३ जेठ । भरतपुर महानगरपालिकामा गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै छ । उनले ६३१९ मत ल्याउँदा राप्रपासँग गठबन्धन भएको नेकपा एमालेका विजय सुवेदीको ६२०० मत रहेको छ ।
अहिलेसम्म १८ हजार ८८३ मत गनिसकिएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३०८१ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ७६९९ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङ ५०८२ मत ल्याएर पछ्याइरहेकी छन् ।
तपाइँको प्रतिक्रिया