ओलीको गृहनगर दमकको प्रमुखमा एमालेलाई हराउँदै राप्रपा विजयी

काठमाडौं, ६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टिले जीतेको छ ।
नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई हराउँदै राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका हुन् । ।
थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिए ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भइन् । उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।
तपाइँको प्रतिक्रिया