बालेन १३ हजार २२५ मतले अघि, स्थापितलाई उछिन्ने प्रयासमा सिंह

काठमाडौँ, ६ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।
पछिल्लोपटक प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाहले २७ हजार ९६७ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । यो मत दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा १३ हजार २२५ मत बढी हो । स्थापितले हालसम्म १४ हजार ७८२ मत पाएका छन् ।
त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ४३९ मत पाएकी छन् । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा मतगणना भइरहेको छ।
तपाइँको प्रतिक्रिया