गैँडाकोटका जनप्रतिनिधिले लिए सपथ

गैँडाकोट, ६ जेठ । स्थानीय तह निर्वाचनमा निर्वाचित गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले शुक्रबार सपथ ग्रहण गरेका छन् । गैँडाकोटका प्रमुख मदनभक्त अधिकारी र उप प्रमुख शान्ति कोइराला लगायत जिल्लाका ८ वटै पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्षलाई मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले सपथ ग्रहण गराउँनुभएको थियो ।
गैँडाकोटमा वडाध्यक्ष र वडा सदस्यहरुलाई मेयर अधिकारीले पद तथा गोपनियताको सपथ गराउनुभएको हो । गैँडाकोट नगरपालिकामा एक प्रमुख र एक उपप्रमुख सहित सबै वडाका वडाध्यक्ष, महिला एवं दलित सदस्य र दुई खुल्ला सदस्य गरी ९२ जना निर्वाचित भएका थिए ।
तपाइँको प्रतिक्रिया