पोखराको मेयरमा धनराज आचार्य र उपमेयरमा मञ्जुदेवी गुरुङ विजयी

काठमाडौं,११ जेठ । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपमेयर नेकपा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्य ५८ हजार ८९३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत पाए ।
मेयरमा तेस्रो भएका राप्रपाका शंकर खरालले ५ हजार ६७४ मत पाएका छन् भने चौथो भएका स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल (गनेस) ले ३ हजार ३० मत पाएका छन् ।
उपमेयरमा भने एमालेको मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा कोपिलाले ५६ हजार ६६३ मत पाइन् ।
उपमेयरमा राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५६९९ मत पाएर तेस्रो भएकी छन् । विवेकशील साझा पार्टीका माधव भण्डारीले २६४ मत पाएका छन् ।
तपाइँको प्रतिक्रिया