धरानका मेयर हर्क साम्पाङ खानेपानीको मुहानमा पुगे

धरानका नवनियुक्त मेयर हर्क साम्पाङले चुनाव जितेपछि खुशी मनाउने भन्दा पनि काम गरेर देखाउने भन्दै फिल्डमा खटिइसकेका छन् । देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा धरानको खानेपानी मुहानमा पुगेर सरसफाई जुटेका हुन् । उनले मुहानमा कमजोरी सच्याउन निर्देशन दिए । आफै सरसफाईमा सक्रिय भए ।साम्पाङले आफ्नो पहिलो उद्देश्य धरानको खानेपानीको समस्या समाधान गर्नु रहेको बताइसकेका छन् ।
तपाइँको प्रतिक्रिया