कावासातीमा प्रेसर हर्न (इको हर्न) हटाउने अभियान सुरु

गैँडाकोट, १२ जेठ ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिकामा प्रेसर हर्न (इको हर्न) हटाउने अभियान सुरु भएको छ । मालबाहक ट्रक, ट्रिपर तथा ठूला बसहरुमा ठुलो आवाज सहितका इको हर्न बजाउने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय नवलपुरले प्रेसर हर्न हटाउने अभियान चलाएको हो । एक साता सम्म सञ्चालन गरिने अभियान अन्तर्गत बिहीबार २ सय सवारी साधनबाट प्रेसर हर्न हटाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रज्वल महार्जनले जानकारी दिनु भयो ।
बिहीबार कावासोतीकोे फलफुल चोकमा सवारी साधनलाई रोकर प्रेसर हर्न (इको हर्न) निकालिएका हुन् । जथाभावि प्रयोग गरिएका प्रेसर हर्नले ध्वनी प्रदुषण बढेको गुनासो सर्वसाधरणले गर्दै आएका छन् । विशेष गरेर अस्पताल, विद्यालय क्षेत्र, पैदलयात्रु, साइकल यात्रु तथा आम सर्वसाधरणलाई मनपरि रुपमा बजाईने सवारीका हर्नले असर पर्ने गरेको छ । चर्का अवाजमा बजाईने प्रेसर हर्न (इको हर्न)ले कतिपय प्रेसरका विरामीहरुलाई हृदयाघातका हुन सक्ने तथा स्वास्थ्यमा समस्या आउने सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख महार्जनले बताउनु भयो । बिहीबार मात्रै २ सय ठुला सवारी साधनबाट प्रेसर हर्न हटाईएको थियो ।
तपाइँको प्रतिक्रिया