नवलपुरमा कोरोना तिव्र रुपले बढ्दै, बुधबार १०२ जना संक्रमित थपिए

गैँडाकोट, ५ माघ । नवलपुरमा कोरोना संक्रमणको दर बढ्दै गएको बुधबार थप १०२ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्व ले जनाएको छ ।
एन्टीजेन तथा पीसीआर परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ ।
संक्रमित मध्ये सबैभन्दा बढी गैडाकोट नगरपालिकामा मात्रै ३६ जना रहेका छन । त्यसैगरी कावासोती नगरपालिकामा मात्रै २४ जना रहेका छन् ।
त्यसैगरी मध्यविन्दु नगरपालिकामा ११, देवचुली नगरपालिकामा ३ जना, विनयीत्रिवेणी गाउँपालिकामा १६ जना, हुप्सेकोट गाउँपालिकामा २ जना र बुलिङ्गटार गाउँपालिकामा १ जना र निजि अस्पतालमा गरिएको परिक्षणका क्रममा १ जनामा संक्रमण देखिएको हो । नवलपुरमा यो सँगै सकृय संक्रमितको संख्या ३८९ पुगेको छ ।
तपाइँको प्रतिक्रिया