बालेन शाहको र्यापरदेखि मेयरसम्मको यात्रा

काठमाण्डौ, १३ जेठ ।
काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले काठमाण्डौ सहरलाई विश्वकै उत्कृष्ट बनाउन सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।आफ्नो जितलाई विजयका रुपमा नभएर काम र नेतृत्वको सुरुवातका रुपमा लिएको भन्दै उहाँले अब सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाई छ । राष्ट्रिय सभा गृहमा महानगरको अन्तिम मत परिणाम घोषणा कार्यक्रममा नवनिर्वाचित मेयर साहले अबका दिनमा भिजन र एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्ने प्रतिबद्धता समेत जनाए ।
काठमाण्डौलाई अबको ५ वर्षमा विश्वकै सुन्दर सहर बनाउने उनको घोषणा छ । काठमाण्डौ महानगरको मेयरमा निर्वाचित साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका थिए ।उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत प्राप्त गरेका थिए।पुर्ख्यौली घर महोत्तरी भएपनि बालेन काठमाडौंमै जन्मिएर हुर्किएका हुन्। ३२ बर्षिय बालेनले सविना काफ्लेसँग विवाह गरेका छन्।
उनी चर्चित र्यापर हुन् भने इन्जिनियरिङमा मास्टर्स गरेका छन्। काठमाडौंको मेयर बन्न उनले पाँच वर्षदेखि तयारी गरेका थिए। र्यापरको पहिचान बनाएका मेयर साहले ह्वाइट हाउस इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनियरिङमामा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
काठमाडौंको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय र्याली शुक्रबार खुलामञ्च सहित काठमाण्डौँका विभिन्न स्थानमा पुग्यो । मतगणनास्थल राष्ट्रिय सभागृहबाट सुरू भएको र्याली काठमाडौं परिक्रमा गरेर खुलामञ्च पुगेपछि धन्यवाद सभा गरिएको छ ।
तपाइँको प्रतिक्रिया