भारतको लद्दाखमा सैनिक बस दुर्घटनामा ७ सैनिकको मृत्यु, १९ घाइते

काठमाडौं, १४ जेठ । भारतमा सैनिक बस दुर्घटना हुँदा ७ सैनिकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
उक्त बस भारतको श्योक नदीमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उक्त बस लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर सब सेक्टर हनिफ गइरहेको बेला दुर्घटनामा परेको बताइएको छ ।
बस सडकबाट करिब ६० फिट तल पुगेको थियो ।
दुर्घटनामा घाइते भएकाहरुको पंचकुला जिल्लाको चन्डीमन्दिरमा रहेको आर्मी कमान्ड अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।एजेन्सी
तपाइँको प्रतिक्रिया