नव निर्वाचित जनप्रतिनिधिलाई छहारी टोलविकास संस्थाले दियो बधाई

गैँडाकोट, १४ जेठ । गैँडाकोट २ को छहारी टोलविकास संस्थाले नवनिर्वाचित गैंडाकोट नगर प्रमुख, उपप्रमुख वडाअध्यक्ष र सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । शनिबार वडामा एक कार्यक्रमको आयोजना गरि आगामि पाँच वर्षको लागि निर्वाचित जनप्रतिनिधिलाई बधाई सहित सम्पन्न गरेको हो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले जनताको भावना बुझेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनप्रतिनिधि नगरवासीको अभिभावक भएको बताउँदै कुनैपनि भेदभाव नगरी काम गर्न सबै जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
सो अवसरमा गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइराला, नेपाल उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष अमृत भट्टचन, नेपाली कांग्रेस नगर सभापति बद्री सापकोटा, वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटा, वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारी, छहारी टो.लविकास संस्थाका संस्थापक अध्यक्ष ऋषिराम घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
छहारी टोलविकास संस्थाका अध्यक्ष पूर्णचन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार सुर्य प्रसाद घिमिरेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया