मुग्लिन-नारायणगढ सडकमा खस्यो सुख्खा पहिरो : एक जना घाइते, बाटो अवरुद्ध

चितवन, १४ जेठ । मुग्लिन नारायणघाट सडक खण्डमा सुक्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। शनिबार साँझ साढे पाँच बजे इच्छाकामना गाउँपालिका वडा नम्वर ६ नाग्दि खोला नजिकै गुडिरहेकको माइक्रो बस र कार माथि सुख्खा पहिरो खसेको हो ।
अचानक खसेको पहिरोमा मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग १ ख ९९०९ नम्वरको यात्रुवाहक माइक्रो र प्रदेश ३-०१-०२३ च ०५३५ नम्वरको कार पुरिएका हुन् ।
पहिरो खस्दा माइक्रो बस चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार घाइतेलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको छ भने पहिरो पन्छाउने प्रयास भइराखेको छ ।
आज विहान मात्रै ३ नम्वर पुलमा दुईवटा ट्रक एक आपसमा ठक्कर खाँदा केहीबेर सडक अबरुद्ध भएको थियो ।
तपाइँको प्रतिक्रिया