नेपाली चलचित्रमा ओइरिए दर्शक, कबड्डी ४ ले तोड्यो रेकर्ड

काठमाडौं ।
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४– द फाइनल म्याच’ लाई नेपाली चलचित्रको इतिहासमै सबैभन्दा ठूलो ओपनिङ मिलेको छ । पहिलो दिनमा फुल अकुपेन्सीका साथ चलचित्रले व्यापारको नयाँ कीर्तिमान रच्न सफल भयो ।नेपाली चलचित्रलाई हेला गर्ने परम्परा विपरीत कबड्डी–४ लाई मल्टिप्लेक्सहरुले उच्च शो दिएका थिए । नेपाली चलचित्रमा अहिलेसम्मकै उच्च संख्यामा शो पाएपछि र दर्शकले पनि त्यही अनुसार साथ दिएपछि कबड्डी ४ को व्यापार चम्किएको छ ।
यो चलचित्रले क्यूएफएक्समा १०५ शो र बिग मुभिजमा १७ शो प्राप्त गरेको छ । अहिलेसम्म कुनै पनि नेपाली वा विदेशी चलचित्रले यति धेरै शो पाएका थिएनन् । आज सबै शोहरु हाउसफुल भए ।कबड्डी ४ ले पहिलो दिन साढे दुई करोडदेखि ३ करोड रुपैयाँ कलेक्सन गर्ने वितरक गोविन्द शाहीको आँकलन छ । यो अहिलेसम्म नेपालमा कुनै पनि चलचित्रले एक दिनमा गरेको सर्वाधिक व्यापार हो ।
तपाइँको प्रतिक्रिया