अपडेट : स्थानीय भन्छन्–“लेते क्षेत्रमा विमान २ पटक घुमेको थियो”

पोखरा, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् ।
स्थानीय भन्छन्, “लेते क्षेत्रमा विमान २ पटक घुमेको थियो ।” अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको छ। सो जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।
तपाइँको प्रतिक्रिया