नवनिर्वाचित मेयर बालेन्द्र साहले लिए शपथ

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले सोमबार शपथ लिएका छन् ।
आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए ।
बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् । वैशाख ३० मा भएको स्थानीय चुनावबाट स्वतन्त्र उम्मेदवार शाह मेयर निर्वाचित भएका थिए ।
बालेन ६१ हजार सात सय ६७ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत ल्याएकी थिइन् ।
तपाइँको प्रतिक्रिया