सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, १९ जेठ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ ४ सय रुपैयाँले बढेर बिहीबार ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदी भाउ पनि बढेको छ । बुधबार तोलामा एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५ रुपैयाँले बढेर एक हजार २६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया